म्युजिक भिडिओ सम्पादन तर्फ टेकेन्द्र शाहको नाम लोकप्रिय छ। उनले थुप्रै हिट गीतका दृष्य सम्पादन गरेका छन्।
म्युजिक (भिडिओ) मात्रै होइन, टेकेन्द्रले थुप्रै टेलिभिजन प्रस्तुति, वृत्तचित्र, छोटा फिल्म र चलचित्रका पनि दृष्य सम्पादन गरेका छन्।
त्यासो त उनी गायक पनि हुन्। शाहले कयौं देउडा गीतमा आफ्नो स्वर पस्किएका छन्। उनै टेकेन्द्र पछिल्लो समय म्युजिक भिडियो निर्देशकका रुपमा पनि देखा परेका छन्। यसै साता टेकेन्द्रको निर्देशनमा ‘चस्मा आँखैमा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीत राजु परियार र लक्ष्मी खड्काले गाएका छन्। शर्मिला गजमेरले लेखेको गीतमा लालकुमार बरालले संगीत गरेका छन्।
भिडिओमा भुटानकी चर्चित नायिका उगेन छोदेनका साथमा नेपाली मोडल चक्र बमले अभिनय गरेका छन्।
चक्र बहादुर बरालले छायांकन गरेको भिडिओ सम्पादन टेकेन्द्र आफैंले गरेका हुन्।
News Source:
https://nepalkhabar.com/entertainment/178846-2023-9-24-10-27-33?fbclid=IwAR02LMys9tNEM6utbnWhWkgVs59xjy5hqChRhNNTHSdkR4Q0-TTBgCpu4Pc


One response to “टेकेन्द्रको निर्देशनमा ‘चस्मा आँखैमा’ (भिडिओ)”
Quick question to ask you… Are you aware that by reading this message you just proved that contact form marketing works? That’s right, and we can get eyeballs on your offer too! Pricing starts at just $100 to blast YOUR ad message to 1 MILLION contact forms on websites just like yours worldwide. Contact me on Skype and let’s discuss what will work for your product/service. My Skype ID: live:.cid.83c9da999a4f9f
this message was sent to your website contact form at: tekendrashah.com