देउडामा समर्पित टेकेन्द्र

काठमाडौँ, असोज ६ गते । टेकेन्द्र शाह गायक, सम्पादक र निर्देशकको संयोजित प्रतिभाको नाम हो। अछामको रामारोशनमा सन् १९८७ मा मध्यम वर्गीय परिवारमा जन्मेका टेकेन्द्र देउडा गीतको प्रवर्धन र संरक्षणमा पनि परिचित नाम हो। फूलबारी एफएम, टीकापुरमा रेडियो जकीका रूपमा करिअर सुरु गरेका उहाँको देउडामा आधारित लोक साङ्गीतिक कार्यक्रम लोकप्रिय भयो र त्यसैले उहाँलाई यस क्षेत्रमा लाग्न थप प्रेरणा दियो।

उच्च शिक्षा हासिल गर्ने काठमाडौँ आएपछि महेन्द्ररत्न क्याम्पस, ताहाचलबाट स्नातक गर्दागर्दै लोकप्रिय गायक तथा सङ्गीतकार विनय केटुबाट सङ्गीत कक्षा लिएर यस क्षेत्रमा व्यावसायिक रूपमा लाग्न बाटो खुल्यो। उहाँले सन् २००८ मा ‘छैना सहारा’ र सन् २००९ मा ‘चैताली मेलैमा’ नामक दुई एल्बम निकाल्नुभयो। हाल उहाँका दर्जनौँ गीत र म्युजिक भिडियो राष्ट्रिय टेलिभिजन, रेडियो र विभिन्न अनलाइन तथा युट्युबमा आएका छन्।

तीमध्ये केही ‘हाजुरकै पराँ प्यारी बानी’, ‘लौ गोरी’, ‘तिम्राइ झल्को’, ‘नजसुवा फँकी’, ‘छैना सहारा’, ‘हानपैताली झ्याम्मा’ छन्। त्यस्तै ‘चैताली मेलैमा’, ‘खोली गोगन’, ‘कौसिया’ जस्ता सांस्कृतिक र परम्परागत देउडा गीत पनि उहाँका लोकप्रिय छन्।

यिनै कामले उहाँलाई अहिले नेपालको प्रख्यात र लोकप्रिय सम्पादक र निर्देशक पनि बनाएको छ। उहाँका पाँच सयभन्दा बढी म्युजिक भिडियो र एक सयभन्दा बढी टेलिभिजन प्रस्तुति, वृत्तचित्र, छोटा फिल्म र चलचित्र छन्।

News Source: https://gorkhapatraonline.com/news/79301?fbclid=IwAR2LhD-KKh_QLnWIveoBfPBO7bqP9xQCWJJlYGZX3b__4Is4Tl9r62QtN8k


Leave a Reply

Your email address will not be published. Required fields are marked *