टेकेन्द्र शाहको निर्देशनमा सिन्धु मल्लको ‘ऐना हेरी’ सार्वजनिक (भिडिओ)

चर्चित गायिका सिन्धु मल्लको तीज गीत ‘ऐना हेरी’ एट के एभरेस्ट मोसन पिक्चर प्रा लिको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

सुनिल कुमार शर्माको शब्दमा पवन राणाभाटको संगीत रहेको गीतमा गायिका सिन्धु मल्लको स्वर छ।

भिडिओमा भने अहिलेकी चर्चित मोडलद्वय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय छ।

राजीव समरको कोरियोग्राफी रहेको उक्त भिडिओमा रामकुमार केसीको छायांकन छ भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहको छ।

भिडिओलाई मनोज बस्नेत र दिलाश बस्नेतले निर्माण गरेका हुन् ।

New Source: https://nepalkhabar.com/entertainment/174146-2023-8-6-12-53-28


Leave a Reply

Your email address will not be published. Required fields are marked *